आइतवार, श्रावण २४ गते २०८३

यि चार कारणले स्थगित भयो रास्वपा बागमती प्रदेशको अधिवेसन

बुधवार , जेठ २७, २०८३

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । 

निर्वाचन आयोगका अनुसार अधिवेसन स्थगित हुनुको पहिलो कारण मतपत्रमा देखिएका केही त्रुटि हो । त्रुटी सच्याएर अधिवेसन सुचारु गर्ने निर्वाचन आयोगले जनाएको छ । 

साथै, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गरिएको बताएको छ । तेस्रो कारणमा करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले बताएका छन् ।

चौथो कारण, प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र निर्वाचन प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको आयोगको भनाइ छ ।

‘भ्रमवश फर्किनुभएका लगायत सबै प्रतिनिधिहरूलाई मतदान प्रक्रियामा सहभागी हुन आवश्यक सुविधाजनक समय प्रदान गर्ने मनसायका साथ, यी प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सम्पन्न हुनासाथ स्थगित भएको अधिवेशन अगाडि बढाइ बाँकी रहेको निर्वाचन प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक सूचनामार्फत सबैलाई जानकारी गराइनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार