मंगलवार, आश्विन १३ गते २०८३

सरकारले कसैका बा त कसैका श्रीमतीलाई मानपदवी दिएर पदकको नाकमा कालो पोत्यो : केपी ओली

आइतवार , आश्विन ३, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएर मानपदवीको अपमान गरेको टीप्पणाी गरेका छन्।

सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रमलाई सवोंधन गर्दै ओलीले अलंकार पदकहरुको नाममा कालो पोतेको भन्दै, शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्नेमा कसैका बाबु र कसैका श्रीमतीलाई सरकारले मानपदवी दिएकोले ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’प्रश्न गरे!

बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको उनले बताए। ओलीले अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको भन्दै ती विभुषणहरुले समेत सम्मान पाएका व्यक्तिहरुलाई देखेर लज्जा मानेको व्यंग्य गरे। आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको भन्दै यसको इतिहासले निर्मम मूल्यांकन गर्ने बताएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार