आइतवार, श्रावण २४ गते २०८३

अब यि २५ क्षेत्रमा पाइने छैन बन्द र हड्ताल गर्न

बिहिवार , जेठ २८, २०८३

काठमाडौँ । सरकारले हड्ताल गर्न नपाउने २५ वटा अत्यावश्यक सेवाको सूचना राजपत्रमा प्रकाशित गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३(१) अनुसार गृह मन्त्रालयले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश सूचना जारी गरेको छ । 

राजपत्रमा प्रकाशित सूचनाअनुसार हड्ताल निषेध गरिएका २५ वटा सेवा निम्न छन् । 

१) डाँक, तार वा टेलिफोन सेवा 

२) जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा 

३) हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४) हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

५) प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा 

६) हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

७) सञ्चार सेवा

८) अन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९) खानेपानीको सञ्चालन तथा वितरण सेवा 

१०) पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवा

११) पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा 

१२) अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)

१३) औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा

१४) फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधानर निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा 

१५) बैंकिङ सेवा

१६) बिमा सेवा 

१७) विद्युत सेवा 

१८) दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा

१९) मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

२०) मास्क सम्बन्धी सेवा 

२१) ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा 

२२) भेटेरिनरी सेवा 

२३) कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा 

२४) राहदानी विभागबाट प्रदान हुने सेवा 

२५) इन्टरनेट सेवा

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार