प्रदेशमा बसेर पनि निरन्तर संगीत कर्ममा लागिरहेका कवि, गीतकार तथा संगीतकार गौतम सागर राइको ‘दशैं आयो तिहार आयो’ गीत सार्वजनिक भएको छ। उनकै शब्द, संगीत रहेको गीतमा पछिल्लो समय लोकप्रिय बनेकी गायिका सुदिता राइले स्वर दिएकी छन्। नजिकिदै आएको महान चाड दशैँ तिहारबारेको गीत गौतम सागर राइकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।