काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शनिबार आफ्नो फेसबुक पेमा मकालु–बरुण क्षेत्रको सुन्दर भिडियो सार्वजनिक गरेका छन् ।
उक्त क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उनले मकालु बेस क्याम्प ट्रेकको १८ दिनको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका छन् ।
उनले फेसबुममा मकालु–बरुण उपत्यकालाई पूर्वी नेपालको आकर्षक हिमाली गन्तव्यका रूपमा चित्रण गरेका छन् ।
उक्त क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा हिमाली दृश्यावलोकनका दृष्टिले नेपालको महत्वपूर्ण पर्यटकीय सम्पत्ति भएको पनि उनले उल्लेख गरेका छन् ।
यसअघि पनि उनले डिडिसीको चिजलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेका थिए । तयसपछि डिडिसीको सामानको बिक्रि बढेको बताइएको थियो ।