आइतवार, श्रावण २४ गते २०८३

दिउँसो १ बजेदेखि मात्रै औपचारिक बन्दसत्र कार्यक्रम थाल्ने रास्वपा निर्वाचन आयोगको तयारी

सोमवार , आषाढ ८, २०८३

चितवन । चितवनमा जारी रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन । प्रतिनिधिहरुको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्दसत्र पनि प्रभावित भएको हो ।

आइतबार उदघाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको थियो । तर अझै सुरु हुन सकेको छैन ।

निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । तर नामावलीमा अत्यधिक त्रुटि भएकाले सच्याउने क्रम जारी छ । प्रतिनिधिहरुले नाम सच्याउने निवेदन दिनका लागि फाराम भर्दै बुझाइरहेका छन् ।

निर्धारित समयमा बन्दसत्र हुन सकेको छैन । त्रुटि सच्याउने संख्या उल्लेख्य थियो । फारम वितरण भइरहेको छ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार