काठमाडौं। सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत 'म नेपाल हो' को भिडियो रिलिज गरिएको छ।
अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। निशान कस्यपको निर्देशन रहेको गीतमा सहकलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन्। गीतमा अजय अधिकारीको शब्द रचना रहेको छ।
बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत रहेको गीतमा स्वर पनि दुवैजनाले मिलेर दिएका छन्। भने गीतलाई सुविन सेञ्चुरीले एरेञ्ज गरेका हुन्। निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन्।
असाप इन्टरटेमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गीतको मेकिङ्ग उच्च देखिन्छ। सार्वजनिक गीतमा अभिनेता अधिकारीले २० भन्दा बढि क्यारेक्टरमा अभिनय गरेका छन्। निर्माता अधिकारीको लगानी रहेको सिनेमा तीन जन्तु प्रदर्शनको पखाईमा छ। भने उनले आमा र घरमा सह निर्माताको रुपमा काम गरेका छन्। उनले फेसन शोको पनि आयोजना गर्दै आएका छन्।