काठमाडौं । देशभरिका स्थानीय सरकारहरूले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गरेका छन । कानुनी प्रावधान अनुसार १० असारभित्र सोही अनुसार ६ महानगरपालिकामा बुधबार आर्थिक वर्ष २०८३\८४को बजेट सार्वजनिक गरेका हुन ।
सुशासन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै महानगरपालिकाहरूले नयाँ बजेट ल्याएका छन् । नेपालमा बजेटका हिसावले सबैभन्दा ठूलो महानगरपालिका काठमाडौं हो । देशभरिका अन्य ५ महानगरपालिकाको कुल योगफल बराबर काठमाडौं एक्लैको बजेट छ ।
वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२\८३ को तुलनामा आकार वृद्धि गरी नयाँ बजेट सार्वजनिक गरेको छ । वीरगन्ज महानगरले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु आवमा वीरगन्जको बजेट ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ बराबर छ । कार्यवाहक नगरप्रमुख इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे ।
यस्तै चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८३\८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले सोमबार १९ औं नगरसभामा बजेट पेश गरेका हुन् । महानगरपालिकाले चालु आवमा ५ अर्ब २२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आयतर्फ आन्तरिक आय २ अर्ब ४ करोड ९घरजग्गा रजिष्ट्रेसन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटबाट प्राप्त समेत०, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ९संघ र प्रदेशतर्फ० २ अर्ब १७ करोड ७३ लाख ९८ हजार, संघ राजस्व बाँडफाँटबाट ३३ करोड १२ लाख ६४ हजार तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १३ करोड ४० लाख ६१ हजार, नगर विकास कोषबाट ४ करोड, जनसहभागिताबाट ३ करोड, बैंक मौज्दात ७४ करोड ५० लाख, सडक बोर्ड नेपालबाट १ करोड ९३ लाख रहने प्रक्षेपण गरेको छ ।
महानगरपालिकाले ३ खर्ब ५६ करोड रुपैयाँ बराबरको बजेट
यस्तै विराटनगर महानगरपालिकाले ३ खर्ब ५६ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शिल्पा निरला कार्कीले आगामी आवको बजेट प्रस्तुत गरेकी हुन् । विराटनगरले चालु आवमा भने ३ अर्ब ६८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आवमा अनुमान गरिएको ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको आम्दानीमध्ये संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ३३ करोड ४३ लाख, सशर्त चालु अनुदानबाट ७३ करोड २९ लाख र सशर्त पूँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । यस्तै पोखरा महानगरले समेत घटायो बजेट
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले गत बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९ औं नगर सभामा बजेट सार्वजनिक गरेकी हुन् । पोखराले चालु आवको तुलनामा घटाएर नयाँ बजेट ल्याएको छ । पोखरा महानगरपालिकाले चालु आवमा ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने साझा लक्ष्यसहित महानगरपालिकाले चालुतर्फ ५५।१ प्रतिशत र पूँजीगत खर्चतर्फ ४४.९ प्रतिशत छ । बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारको वित्तीय हस्तान्तरणबाट कुल ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । यस्तै ललितपुरको चालु आवकै हाराहारी बजेट, पुँजीगत खर्च कटौती
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । ललितपुरले चालु आवकै हाराहारीको आकारमा बजेट ल्याएको हो ।
चालु आवमा ललितपुरले ७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आवमा चालु खर्चतर्फ ३ अर्ब २५ करोड विनियोजन गरिएको छ । कर्मचारीको पारिश्रमिक वृद्धि भएसँगै त्यसले चालु खर्च बढाएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताएकी छिन् । यस वर्ष चालु खर्च २८ करोड बढेको छ ।
पूँजीगततर्फ ४ अर्ब २३ करोड बजेट विनियोजन गरिएको छ । उनका अनुसार यस वर्ष पूँजीगत बजेट घटेको छ । चालु आवमा ४ अर्ब ५० करोड पूँजीगत बजेट विनियोजन गरिएको थियो ।
संघीय सरकार र प्रदेश सरकारबाट पूँजीगत शीर्षकमा कम बजेट आएका कारण यस वर्ष पूँजीगत खर्च घटाउनु परेको महानगरले जनाएको छ । महानगरले विगतमा बोलपत्र प्रक्रियामा गएका आयोजना तथा निर्माण काम सुरु भइसकेका आयोजनालाई बजेट सुनिश्चितता गरेको बताएको छ ।
काठमाडौं महानगरपालिकाको २५ अर्ब ८८ करोड बजेट काठमाडौं महानगरपालिकाले ४ जेठका दिन आगामी आर्थिक वर्ष २०८३र८४ को लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गरेको छ । कार्यबाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुनेगरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी हुन् ।
चालु आर्थिक वर्ष २०८२र८३ मा महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ ।