काठमाडौं। पोर्नोग्राफी मुद्धामा थुनामा रहेका राज कुन्दा जमानतमा छुटेका छन्। जेल परेको करिब २ महिनापछि उनि जमानतमा छुटेका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार मुम्बई उच्च अदालतले राजलाई ५० हजारको निजी मुचुल्का बनाएर जमानत दिएको हो।
अश्लिल भिडियो बनाएर ओटीटी प्लेटफर्म मार्फत प्रसारण गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियोे। राज जेलमा परेको दुई महिनापछि सोमबार जमानतमा छुटेका हुन्। गएको जुलाईमा समातिएका उनले सेप्टेम्बर १८ मा जमानतको लागि निवेदन दिएका थिए।
राजको केस हेरिरहेका वकिल प्रशान्त पटेलले राज निर्दोष रहेको बताउँदै आएका छन्। उनका अनुसार कुन साइटमा कस्ता भिडियो अपलोड गर्ने भनेर कलाकार र निर्माताले निर्णय गर्ने हुन्।