काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ ।
केहीबेर अघि रास्वपा केन्द्रीय सदस्यको मतदान सकिएको हो । केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ ।
केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि आजै पदाधिकारीको पनि मतदान गरिने जनाइएको छ ।