आइतवार, श्रावण २४ गते २०८३

२३ औ राष्ट्रिय धान दिवस : सैँतिस अर्बको धानचामल आयात

सोमवार , आषाढ १५, २०८३

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को ११ महिनामा झन्डै ३८ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख ६२ हजार रुपियाँको धानचामल आयात भएको छ ।

गत वर्ष सो अवधिमा ३८ अर्ब ९४ करोड २८ लाख रुपियाँको धानचामल आयात भएको थियो । गत आवको तुलनामा चालु आवमा एक अर्ब १० करोड रुपियाँको कम आयात भएको छ । 

चालु आवको ११ महिनामा १८ अर्ब ५३ करोड ६६ लाख रुपियाँ बराबर चार लाख ६४ हजार १०२ मेट्रिक टन धान आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १५ करोड ७१ लाख रुपियाँ बराबरको पाँच लाख २३ हजार ८३९ मेट्रिक टन धान आयात भएको थियो ।

यस्तै ११ महिनामा १९ अर्ब ३० करोड २६ लाख १० हजार रुपियाँ बरबरको दुई लाख ४७ हजार ४१८ मेट्रिक टन चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको दुई  लाख २९ हजार ४६५ मेट्रिक चामल आयात भएको थियो । 

मुलुकमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि हालको उत्पादनका आधारमा करिब १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ ।

माग अनुसार उत्पादन नहुनु, उपभोक्ताको खाने बानीमा आएको परिवर्तनसँगै मसिनो तथा बास्नादार चामलको माग बढ्दा धानचामलको आयात बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

भारत, चीन, सिङ्गापुर, इन्डोनेसिया, साउदी अरब, थाइल्यान्ड, भियतनामलगायतका देशबाट धानचामल आयात हुने गर्छ ।  

  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार