काठमाडौं । रुपन्देही प्रहरीले करिब २० लाख ५० हजार रुपैंया बराबरको आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले उक्त फोन बरामद गरेको हो ।
कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा आइफोन फेला पारी बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार प्रहरीले ३५ थान आइफोन बरामद गरी मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ।
कुन कुन मोडलका आइफोन बरामद भएका हुन् भन्नेबारे प्रहरीले केही बताएको छैन।