आइतवार, श्रावण २४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित को–को दोषी ठहरिए ?

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सातजनाबाहेक अन्यलाई दोषी ठहर गरेको छ ।

मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दा चलाइएका सातजनालाई सफाइ दिएको हो । अदालतले एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई दोषी ठहर गरेको छ । 

टोपबहादुरले राज्यविरुद्धको कसुर गरेको काठमाडौं जिल्ला अदालतले फैसला गरेको छ । टोपबहादुरसहित राज्यविरुद्धको कसुरमा दोषी ठहर हुनेहरूमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा‍। इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र आङटावा शेर्पा छन् ।

त्यस्तै, बालकृष्णसहित ६ जनालाई राज्यविरुद्धको कसुरमा मतियार रहेको अदालतले ठहर गरेको छ ।  टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेलले राज्यविरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकारी समेत संलग्न भएको भन्दै मुद्दा चलाइएको थियो । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार