आइतवार, श्रावण २४ गते २०८३

ट्राफिक प्रहरी कार्यालयले भन्यो– गणेश नेपालीलाई कुनै पनि ट्राफिक जरिबाना गरिएको छैन

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनामा सत्यतथ्य नबुझी प्रहरीमाथि आरोप लगाउने काम भएको बताएको छ । 

नेपालीलाई ट्राफिक जरिबानासमेत नगरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दाबी गरेको छ । 

“उक्त घटनामा ट्राफिक प्रहरीले जरिबाना तिराएको र सोही कारणले आत्मदाहको प्रयास गरेको भनी फैलाइएका विवरणहरू पूर्णतः तथ्यहीन र भ्रामक रहेका छन्,” काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा जरिबाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै पनि सम्बन्ध रहेको छैन ।” 

लबदष्
िबिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । शो विषयलाई जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ । 

“घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीहरूबाट कानुनी रूपमा अनुसन्धान अघि बढिसकेको छ,” विज्ञप्तिमा उल्लेख छ, “यस अवस्थामा सत्यतथ्य नबुझी, आधिकारिक पुष्टि बिना र सुरक्षा निकायको नाम जोडेर सम्प्रेषण गरिने सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने हुँदा यस्ता अफवाहको पछि नलाग्न अनुरोध गरिन्छ ।” 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार