काठमाडौं। बलिउड फिल्मकी अभिनेत्री गहना वशिष्ठले नायिकाहरुलाई लोभ लालच देखाएर पोर्न फिल्म खलाएको आरोप लागेको छ। वशिष्ठले अभिनेत्रीहरूलाई लालच देखाएर पोर्न फिल्ममा काम गर्न लगाएको प्रहरीले आरोप लगाएको हो।
करिब ६ महिना पहिले पोर्न भिडियो निर्माण गरेको अभियोगमा पक्राउ परेकी गहनाले अभिनेत्रीहरूलाई लोभ देखाएर नै पोर्न फिल्ममा काम गर्न लगाएको प्रहरीले आरोप लगाएको हो।
तर, फेरि भारतीय व्यापारी राज कुन्द्राको पोनोग्राफी प्रकरणमा उनी पनि मुछिइन्। उनले उक्त प्रकरणमा संलग्न रहेको आरोप लागेपछि बम्बई उच्च अदालतमा अग्रिम जमानतका लागि निवेदन दिएकी थिइन्। उक्त जमानतको निवेदन मंगलबार खारेज भएको छ।
उनलाई मुम्बई प्रहरीको अपराध शाखाले सोधपुछका लागि बोलाएको थियो। तर उनले आफू मुम्बईमा नभएको भन्दै प्रहरीमा बयान दिन इन्कार गरेकी थिइन्। उनले शर्लिन चोपडा र पुनम पाण्डेले झुटो आरोप लगाएको पनि बताएकी थिइन्।
प्रहरीका अनुसार गहनाले फिल्म क्षेत्रमा संघर्षरत अभिनेत्रीहरूलाई ठूला फिल्ममा काम लगाइदिने लोभ देखाउँथिन्। उनले एउटा भिडियोमा काम गरेबापत १५ देखि २० हजार भारतीय रुपियाँ दिने गरेकी थिइन्। उनी उक्त प्रकरणमा ५ महिना जेल परिन्।
तर ६ महिनाअघि प्रहरीले नायिका गहनाले ८७ वटा पोर्न भिडियो बनाएको भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको थियो। उनले उक्त भिडियोहरू आफ्नो वेभसाइटमा अपलोड गर्ने र उक्त वेभसाइट खोल्नका लागि २ हजार भारतीय रुपियाँ तिर्नुपर्ने थियो।