सोमवार, श्रावण २५ गते २०८३

गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निस्शुल्क शिक्षा दिलाउने महानगरको घोषणा

शनिवार , आषाढ २७, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्तानलाई निस्शुल्क शिक्षा दिने घोषणा गरेको छ।

महानगरपालिकाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो प्रतिबद्धता जनाएको हो। महानगरपालिकाका प्रवक्ता नबिन मानन्धरद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय नेपालीको उपचारका क्रममा भएको दुखद निधनले महानगर स्तब्ध भएको उल्लेख गरिएको छ।

महानगरले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै यो संवेदनशील घडीमा सबैलाई संयमित रहन र धैर्य धारण गर्न अपिल समेत गरेको छ। विज्ञप्तिमा दिवंगत नेपालीका परिवारलाई महानगरको तर्फबाट मानवीय सहयोग लगायतका सुविधा उपलब्ध गराउन कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा ठोस निर्णय गरिने उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार