सोमवार, श्रावण २५ गते २०८३

छोरासँग विवाद भएपछि अश्विन राउतको आत्मदाह प्रयास,खुलेन होस

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । शनिबार बुद्धनगरस्थित आफ्नै घरमा आत्मदाह प्रयास गर्ने ५० वर्षीय अश्विनकुमार राउत व्यापार व्यवसाय धराशायी भएपछि निराश थिए ।

पारिवारिकस्रोतका अनुसार सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि र दिब्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै आएका छन् । उक्त कम्पनीले नदी किनारामा प्रयोग हुने तार जाली(ग्याभिन) को उत्पादन र चीनबाट होम अपिलियन्स (फ्रीज, पंखाजस्ता सामान)आयातको व्यवसाय धराशायी भएपछि केही महिनादेखि उनी तनावमा देखिन्थे ।

छोरासँग विवाद भएपछि आत्मदाह प्रयास गरेको उल्लेख गरेको छ । पारिवारिकस्रोतले भने छोरा झगडालु स्वभावको नभएको जनाएको छ । उपचाररत उनको अझै होस भने खुलेको छैन । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार