आइतवार, श्रावण २४ गते २०८३

माजिद अन्सारीको गिरफ्तारीको जेन जेड मुभमेन्ट एलाइन्सको आपत्ति

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले सुकुमवासीलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा प्रभावित नागरिकहरूलाई भेट्न गएका युवा तथा स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।

एलाइन्सले विज्ञप्ति निकालेर प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ती जनाएको हो । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरुको अवस्था बुझ्न पुगेका एलाइन्सका प्रतिनिधि माजिद अन्सारीलगायतका व्यक्तिहरूमाथि प्रहरीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको र स्पष्ट कानुनी आधार वा पक्राउ पुर्जीबिना नै नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकको अवस्था अनुगमन गर्नु र मानवीय सहयोग पुर्‍याउनु अपराध नभएको उल्लेख गर्दै, यस घटनालाई लोकतान्त्रिक मूल्यमान्यता र मानवअधिकारमाथिको प्रहार भनेको छ । ‘नागरिकको सुरक्षा र अधिकार संरक्षण गर्ने जिम्मेवारी बोकेको प्रहरी संगठन आफैं दमनमा उत्रिनु अत्यन्त चिन्ताजनक र निन्दनीय कार्य हो,’ विज्ञप्तिमा लेखिएको छ ।

एलाइन्सले माजिद अन्सारीसहित पक्राउ परेका सबैलाई बिना शर्त तत्काल रिहा गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कारबाही गर्न, भेला हुन, प्रदर्शन गर्न र मानवीय सहायता पुर्‍याउन पाउने अधिकारको सम्मान गर्न र विस्थापित परिवारहरूलाई सुरक्षित आवास, खाद्य, स्वास्थ्य र सरसफाइको तत्काल व्यवस्था गर्न माग गरेको छ ।

genz-aaaaa.jpg
undefined

 

प्रतिक्रिया
सम्बन्धित समाचार