काठमाडौ ।रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्।
गरूडा नगरपालिका ९ गमरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले गए राति १ बजेतिर आत्मदाहको प्रयास गरेका हुन् । सहनीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए।
यसबारे खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। उनलाई उपचारका लागि अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा ल्याइएको छ।
एसपी रिजालका अनुसार उनको शरीरमा ३१ प्रतिशत जलन भएको छ।उनी डिप्रेशनमा रहेको र मापसे सेवन अत्यधिक गर्ने गरेको परिवारले प्रहरीलाई जानकारी दिएका छन्।
यसअघि पछिल्लो समय तीन जनाले आत्मदाह गरिसकेका छन्।मुगुका गणेश नेपाली, काठमाडौंका आश्विन राउत र सर्लाहीका विवेक मण्डलको आत्मदाह पछि मृत्यु भएको थियो।