आइतवार, श्रावण २४ गते २०८३

एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन, सरकार अल्पमतमा

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ राजनीतिक मोड आएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यो निर्णय मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार जना मन्त्रीलाई पदबाट बर्खास्त गरेपछि आएको हो।

एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। बजेट पुनर्लेखन नभएसम्म आगामी आर्थिक वर्षको बजेट पारित गर्न सरकारलाई साथ नदिने अडानमा एमाले रहेको थियो। बजेट पास नहुने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका हुन्।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सहमतिका लागि भएका प्रयासलाई बेवास्ता गर्दै मुख्यमन्त्री एकलौटी ढंगले अघि बढेको आरोप लगाएका छन्। उनले मुख्यमन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको दाबी पनि गरेका छन्।

अब एमालेले समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार