आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगीसँग छलफल गदै

मंगलवार , श्रावण ५, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले  नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछ।

छलफलमा तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना तथा उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित भएर विचार–विमर्श हुने जनाइएको छ।

तयारी पोशाक उद्योगीहरूले उद्योग सञ्चालनमा देखिएका चुनौती, नीतिगत सुधारको आवश्यकता तथा निर्यात अभिवृद्धिका लागि आवश्यक सहयोगबारे प्रधानमन्त्रीसमक्ष सुझाव राख्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा विभिन्न सरोकारवाला निकायसँग नियमित संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारसम्बन्धी सुझाव संकलन गरिरहेका  छन।

प्राप्त सुझावका आधारमा कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिँदै आएका छन । 

प्रतिक्रिया
सम्बन्धित समाचार