आइतवार, श्रावण २४ गते २०८३

मिटरव्याजीपिडितसँग गरिएको सरकारी सम्झौताको बिरोधमा साहुमहाजन पनि सडक आन्दोलनमा

मंगलवार , श्रावण ५, २०८३

 

जनकपुरधाम । मिटरब्याज पीडितसँग सरकारले ९ बुँदे सहमति गरेको विरोधमा ऋण लगानी गर्ने साहु महाजनहरू सडकमा उत्रिएका छन् ।

सरकारले मिटरब्याज पीडितसँग गरेको ९ बुँदे सम्झौता खारेज हुनुपर्ने माग गर्दै मंगलबार साहुहरूले जनकपुरमा प्रदर्शन गरेका हुन् ।

पीडित लेनदेन संघर्ष समितिको ब्यानरमा साहुमहाजनहरू एकीकृत भएर प्रदर्शन गरेका छन् । ‘गृहमन्त्री राजीनामा दे,९ बुँदे सम्झौता खारेज गर’ लगायतका नारा लगाउँदै साहुहरू जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अदालतअगाडि प्रदर्शन गरेका हुन् ।


प्रदर्शनमा रहेका एकजना साहु राजकिशोर साहले गृहमन्त्री सुधन गुरुङ र सरकार कानुनविपरीत मिटरब्याज पीडित भनिएकासँग एकतर्फी सम्झौता गरेको दाबी गरे ।

एकतर्फी सम्झौता गरेर आफूहरूलाई सरकारले थप पीडित बनाएको उनको तर्क छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार