मंगलवार, आश्विन १३ गते २०८३

एमाले बैठकमा समूहगत छलफल सकियो, १० समुहले आ आफ्नो निष्कर्ष राख्दै

शनिवार , आश्विन ९, २०७८

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि समूहगत छलफल गरिएको हो।

केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राखेका छन्। उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा समूह नेताले प्रस्तुत गर्ने छन्। समूहगत छलफलको निर्णय सुनाउनका लागि टोली नेता चयन भएको छ। बैठकमा पेश भएको प्रतिवेदनमाथि छलफल गर्नका लागि १० समूहमा छुट्याएको थियो।

प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनसंगठनबाट खिमलाल भट्टराई टोली नेता छन्। प्रतिवेदन मस्यौदामाथि टोली नेताहरुले राखेको सुझावको जवाफ दिएपछि बैठक सकिनेछ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार