आइतवार, श्रावण २४ गते २०८३

‘झर्ने फुल’ मा सुधिर श्रेष्ठ र गीता ढुंगानाको यस्तो रोमान्स

शनिवार , आश्विन ९, २०७८

काठमाडौं। गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘झर्ने फुल’ सार्वजनिक भएको छ। मायाँ प्रेमका कुरालाई समेटेर बनाइएको गीतमा मोडल सुधिर श्रेष्ठ र गीता ढुंगानाको रोमान्स हेर्न सकिन्छ। 

गीत हाम्रो क्रियटिभ क्रियसन्स अफिसियलबाट सार्वजनिक गरिएको छ। सी एल शर्माको शब्द, संगीत रहेको गीतको भिडियो निर्देशन क्रन्ती केसीले गरेका छन्। राजेश श्रेष्ठको रेकर्डिङ रहेको गीतको अरेन्ज विश्व अधिकारीले गरेका हुन्। गीतमा सुधिर र गीताको जोडी निकै जमेको देखिन्छ। गीतलाई हालसम्म करिब ४८ हजार पटक हेरिएको छ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार