आइतवार, श्रावण २४ गते २०८३

प्रमोद खरेलको स्वर रहेको रोशन सिंहको ‘न बोल, न बोल’ चर्चामा

सोमवार , आश्विन ११, २०७८

काठमाडौं। गायक तथा संगीतकार रोशन सिंहको ‘भूपु माया ४’ ‘न बोल, न बोल’ सार्वजनिक भएको छ।

शनिवार सार्वजनिक भएको उक्त गीतमा यो समाचार तयार पार्दासम्म युट्युबमा २ लाख बढि पटक हेरिएको छ। यो गीत एआर ओल्ड सिरिज युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा लोकप्रिय गायक प्रमोद खरेलले स्वर दिएका छन्।

गीतको शब्द, संगीत रोशनको रहेको छ। गीत विशाल निरौलाले एरेन्ज गरेका हुन्। विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा विक्रम बुढाथोकी र रेणु पुनले अभिनय गरेका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार