काठमाडौं । चीनबाट खरिद गरिएको कोरोना भाईरस विरुद्धको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।
जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो। खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघन्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ।
निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप लिन बेइजिङ जाने तालिका छ।