काठमाडौं । भोटेकोशीमा भिषण बाढी आएसँगै सरकारले निजी क्षेत्रका सबै हेलिकप्टरलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । हाल नेपालमा विभिन्नन १२ वटा कम्पनीका ३२ वटा हेलिकप्टर छन् ।
यी सबैलाई तयारी अवस्थामा रहन सरकारको निर्देशन आएको वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले बताए । उनका अनुसार सरकारको निर्देशनसँगै सबै निजी कम्पनीका हेलिकप्टर आपतकालीन उद्धारका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।