मंगलवार, आश्विन १३ गते २०८३

सरकारले भन्यो– भूकम्पपछि पहिरो जाँदा भोटेकोसीमा भीषण बाढी

बुधवार , भाद्र १०, २०८३

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा आएको ठुलो बाढीको मुख्य कारण भूकम्प र त्यसपछिको पहिरो भएको जानकारी दिएका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै मन्त्री खनालले आज बिहान करिब ८ बजेर ४० मिनेट जाँदा भोटेकोसीमा भीषण बाढी आएको बताए।

मन्त्री खनालले प्राप्त प्रारम्भिक सूचना उद्धृत गर्दै भने, ‘आज बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र त्यसका कारण ठुलो पहिरो खसेर नदी थुनिएपछि बाढी आएको देखिएको छ।

उनले बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र सरकारले तत्काल उद्धार तथा राहतका लागि पहल सुरु गरिसकेको समेत सदनलाई अवगत गराए। परराष्ट्रमन्त्री खनालले छिमेकी राष्ट्रहरूसँग समेत समन्वय गरी घटनाको यथार्थ बुझ्ने काम भइरहेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार