काठमाडौं । रसुवा बाढीका कारण प्रभावित जिल्लाका सबै स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार रसुवा बाढीका कारण प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाको अवधिको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।
यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको छ ।रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ ।