मंगलवार, आश्विन १३ गते २०८३

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

बिहिवार , भाद्र ११, २०८३

चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले बगाएका ६४ जनाको शव त्रिशूली र नारायणी नदीमा भेटिएको छ ।

भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार अनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ ।

जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार