काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेशन सेन्टरमार्फत आज बिहान ६स्३० बजेदेखि नै बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि तत्काल परिचालन गर्न सकिने गरी २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् ।
बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालित छन् । प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय, तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिने सरकारले जनाएको छ ।
सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्ने निर्देशनअनुसार हेलिकोप्टरहरू परिचालन गरिनेछन्।
आपतकालिन उद्धार तथा राहत चाहिने सूचना भए जततउकस्ररकभतग।लमचचmब।नयख।लउ मा रिपोर्ट गर्न सरकारले आह्वान गरेको छ ।