काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले बेलैमा पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन गरेको छ। दूतावासले यस्ता भनाइलाई पूर्णतः भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो।
नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरिएको एक स्पष्टीकरण सन्देशमा चिनियाँ पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपहरूलाई ‘फेक न्युज’ को छाप लगाउँदै असत्य ठहर गरेको छ।
दूतावासका अनुसार, चीनले नेपाली पक्षलाई पूर्वचेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति हुन पुग्यो र चीनतर्फ रहेको भौगर्भिक विपद् बाँध भत्किएका कारण नेपालले ठूलो नोक्सानी व्यहोर्नुपर्यो भन्ने दुई आरोप गलत हुन् ।