शनिवार, कार्तिक ८ गते २०८३

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमै अख्तियारको छापा

बुधवार , आश्विन १३, २०७८

काठमाडौं। अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ। आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।

मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाई छात्राहरूलाई साइकल वितरण गएिको थियो। साइकल खरिदमा अनियमितता भएको उजुरीपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ। त्यसपछि बुधबार मुख्यमन्त्री कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको जनाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार