काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथी ठगी आरोपमा उजुरी परेको छ । खान सहित उनकी बहिनी अलवीरा खान माथि ठगीको आरोप लागेको हो । चंडीगढका व्यापारी अरुण गुप्ताले उनीहरुसहित ६ जनाविरुद्ध पुलिसमा उजुरी दिएका हुन् ।
सलमान खानले संचालन गरिरहेको ’बिइंग ह्युमन’ शोरूमको फ्रान्चाइज खोल्न २ करोड रुपैया लगानी गर्न भनिएको र शोरुममा सलमान समेत आउने तय भएको उनको दाबी छ ।
तर, सहमति पनि आफूहरलाई ’स्पट’ नदिइएको र सलमान पनि नआएको गुप्ताले उजुरीमा बताएका छन् । उनले उजुरी दिएसँगै ठगीको केसमा प्रहरीले सलमानसहित सबैलाई ’नोटिस’ पठाएको छ ।
उनिहरुलाई जवाफ पेश गर्न १३ जुलाई सम्मको समय दिइएको छ । अनुसन्धानका क्रममा कुनै आपराधिक गतिविधि भएको पाइए कारवाही हुने चंडीगढ़का एसपी केतन बसंलले जानकारी दिए ।