काठमाडौं। बंगाली अभिनेत्री श्रावन्ती चटर्जीले तेस्रो पटक सम्बन्धविच्छेद गर्दैछिन्। उनले यस अघि आफ्ना दुई पतिसँग सम्बन्ध विच्छेद गरिसकेकी छिन्। उनले अदालतमा आफ्नो पति रोशन सिंहमाथि डिर्भोर्स पेपर बुझाएकी छिन्।
३४ वर्षीय श्रावन्तीले १९९७ मा बंगाली फिल्म माया र बन्धनमा डेब्यू गरेकी थिइन्। पछिल्लो समय उनले लकडाउन फिल्ममा पनि भूमिका निभाएकी थिइन्।उनले पहिलो विवाह २००३ मा चलचित्र निर्माता राजीव कुमारस विश्वाससँग गरेकी थिइन्।
२०१६ मा उनले राजीवसँगकोे सम्बन्ध तोडिन्। त्यसपछि २०१६ मै उनले मोडल कृष्ण व्रजसँग विवाह गरिन्। यो विवाह १ वर्षसम्म पनि टिकेन। उनले २०१७ मै उनीसँगको सम्बन्ध तोडिन्।
त्यसपछि २०१९ मा उनले रोशन सिंहसँग विवाह गरेकी थिइन्। रोशनसँगको सम्बन्ध पनि उनले तोड्दैछिन्।