सोमवार, आश्विन १२ गते २०८३

प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्कमा

बुधवार , आश्विन ७, २०८३

न्युयोर्क। प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क आइपुगेका छन । उनी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउन अमेरिका आइपुगेका हुन।

प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गरेका थिए।

 शाहको टोलीमा प्रमुख सल्लाहकार कुमार बेनसहित अन्य सदस्यहरू छन।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय छलफलअन्तर्गत सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सोही दिन प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह अमेरिका आइपुग्नुअघि परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्कमा आयोजित विभिन्न द्विपक्षीय तथा साइडलाइन कार्यक्रम र भेटवार्तामा व्यस्त छन।

परराष्ट्रमन्त्री खनालले महासभाका अवसरमा विभिन्न मुलुकका समकक्षी तथा उच्चस्तरीय प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपालको द्विपक्षीय सम्बन्ध, बहुपक्षीय सहकार्य तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल गरिरहेका छन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार