काठमाडौ। एनआईसी एसिया बैंकले आफ्नो नयाँ भाइबर स्टिकर सार्वजनिक गरेको छ।
हालसम्म ४८ हजारभन्दा बढी सदस्य भाइबर कम्युनिटीमा जोडिएको बैंकले जनाएको छ। सोही सदस्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले एनआईसी एसिया भाइबर क्विज बजसमेत सञ्चालनमा ल्याएको छ। जसमा सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार असोज १४ देखि कात्तिक १० गतेसम्म सञ्चालन हुने उक्त क्विजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एकजनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्ने छन्। त्यस्तै हरेक दिन ४ जनाले रू। ५०० को मोबाइल रिचार्जसमेत जित्न सक्ने बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाँले जानकारी दिए।
यसका लागि बैंकको भाइबर कम्युनिटीमा जोडिई त्यहाँ रहेको बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने उनले बताए।प्रतियोगिताअन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पमध्येबाट सहभागी महानुभावहरूले सही जवाफ दिनुपर्ने हुन्छ। यसरी सोधिएका प्रश्नहरूमध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदासमेत सहभागीहरू विजेता बन्न सक्नुहुने र जति धेरै सही जवाफ दिनुहुन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने व्यवस्था गरिएको खनियाँले बताए।