शुक्रवार, आश्विन १६ गते २०८३

साहस उर्जाको आईपीओ बाँडफाँड भोली हुने

शनिवार , आश्विन १६, २०७८

काठमाडौं। साहस उर्जाको साधारण सेयर (आईपीओ) भोली बाँडफाँड हुने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि यही असोज ६ देखि १० गतेसम्मका लागि आईपीओको बिक्री खुलाएको थियो। उक्त मितिमा कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओमा आवेदन खुलाएको थियो।

जसमध्ये, २ लाख १० हजार कित्ता कर्मचारीलाई र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। आइतबार बाँडफाँड गर्नेगरी कम्पनीको आईपीओमा परेको आवेदनबाट प्रिअलटमेन्ट भइसकेको छ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापटलले आइतबार विहान ९ बजे सेयर बाँडफाँड हुने बताएको छ।​आईपीओमा २४ लाख ७४ हजार ४३६ जनाले ३ करोड ४४ लाख ९८ हजार कित्ता सेयरमा आवेदन परेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार