काठमाडौं । सुन्दर हुन सबैलाई मन पर्छ । त्यसैलेसुन्दर छालाका लागी अनेक प्रयास गरीरहेका हुन्छौं । हामी घरेलु उपायबाट पनि आफ्नो स्किन सुन्दर राख्न सक्छौं।
त्यसको लागी सुताई एक महत्वपुर्ण हुन्छ । तपाईको सुत्ने समय निश्चित छैन भने त्यसलाई निश्चित बनाउने प्रयास गर्नुहोस् । कम्तीमा ८ घन्टा अनिवार्य सुत्ने गर्दा राम्रो हुन्छ ।
सुत्नुपूर्व क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ गर्दा राम्रो हुन्छ । हातखुट्टालाई सफा गरी क्रिम प्रयोग गर्दा राम्रो हुन्छ । व्यायामः छालालाई स्वस्थ बनाउन कम्तीमा एक घन्टा व्यायाम गर्नुपर्छ ।
यसबाट रौँछिद्रलाई अक्सिजन प्राप्त हुन्छ, रक्तसञ्चार बढ्छ र तुरुन्त इनर्जी प्राप्त हुन्छ । रौँछिद्रबाट अनावश्यक टक्सिन बाहिर निस्किन्छ । पसिना निस्किनाले छालाको डिप क्लिन्जिङ पनि हुन्छ । त्यसैगरी, व्यायाम गर्दा र अन्य समय गरी ८-९ गिलास पानी पिउनुहोस् । साथै, प्रशस्त मात्रामा फलफूल सेवन गर्नुहोस् ।
स्वस्थकर खाना ः कीटनाशक एवं रासायनिक मल प्रयोग गरी उब्जाइएको तरकारीबाट टाढा रहनुपर्छ । सागसब्जीलाई आधा घन्टा पानीमा भिजाएर त्यसबाट कीटनाशक औषधिको प्रयोग कम गरी पकाउनुपर्छ ।
कम खाने र तीनपटक मुख्य आहार लिनुको साटो ६ पटक खाना खानु बढी लाभदायक हुन्छ । स्लिम हुन जे मन लाग्यो त्यही खानुबाट जोगिनुपर्छ ।
आइरन, भिटामिन बी र सी, जिंक, भिटामिन एयुक्त पौष्टिक खाना खानुपर्छ । जंकफुडबाट टाढा रहनुपर्छ । फाइबरयुक्त खानाले पेटलाई सफा राख्छ र छालामा चमक प्रदान गर्छ । लौका, खरबुजा, लिची, काँक्रो, सागपात आदि जसमा पानीको मात्रा बढी हुने गर्छ, त्यो लाभदायक हुन्छ ।
नोट ः कम्तीमा ८ घन्टाको निद्रा, एक घन्टाको व्यायाम, धुम्रपानरहित जीवन, थोरै पनि समस्याका लागि एलोपेथिक औषधिको साटो आयुर्वेदिक औषधिको प्रयोग गर्ने, बढीभन्दा बढी अर्गानिक फुडको प्रयोग, तनावमुक्त हुने र खुसी जीवनको प्रयास, पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन र सन्तुलित आहार गरेर हामी हाम्रो स्किन मात्र होइन स्वास्थ्य नै राम्रो बनाउन सक्छौं ।