मंगलवार, आश्विन १३ गते २०८३

एमाले विधान महाधिवेशनमा समूहगत रिपोर्टिङ सकियो

आइतवार , आश्विन १७, २०७८

काठमाडौं। शुक्रबारबाट सुरु भएको नेकपा (एमाले)को विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ। तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको हो। 

आइतबार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ-आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएपछि समूहगत छलफलको रिपोर्टिङ सकिएको हो। प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ शीर्ष नेताले दिएर महाधिवेशन आइतबार नै सकिने कार्यक्रम रहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार