मंगलवार, आश्विन १३ गते २०८३

एमालेले बनायो १५ सदस्यीय पदाधिकारी, वरिष्ठसहित ५ उपाध्यक्ष र ७ सचिव

आइतवार , आश्विन १७, २०७८

काठमाडौं। नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने भएको छ। यसअघि ३ उपाध्यक्ष भनिएकोमा सहभागीको सुझावअनुसार विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय गरेको हो।

यसअघि १३ पदाधिकारी रहेकामा २ जना पदाधीकारी थप गरी अब १५ पदाधिकारी बनाइएको छ। त्यस्तै यसअघि विधानबाट हटाइएको उपमहासचिव पद पनि राखिने भएको छ। तर, यसअघि दुई उपमहासचिव रहेकामा अब एकमात्र उपहासचिव हुनेछन्।

अब एमालेमा अध्यक्ष एक, वरिष्ठसहित उपाध्यक्ष पाँच, महासचिव एक,  उपमहासचिव एक, सचिव सात जना रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार