शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा दैनिक करिब ७ करोड बराबरको विद्युत खेर  

सोमवार , आश्विन १८, २०७८

काठमाडौं। नेपालमा हाल उत्पादन हुने विद्युतको ठुलो हिस्सा खेर गैरहेको छ। अहिले नेपाल विद्युत प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहबाट उत्पादित सबै विद्युत बिक्री गर्न नसक्दा दैनिक करोडौको विद्युत खेर गैरहेको हो। 

प्राधीकरणले विद्युत व्यापार गर्न नसक्दा हाल दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँको आम्दानी गुमाइरहेको छ। देशभित्र खपत हुन नसकेको बिजुली निर्यात गर्ने योजनाअनुसार ६ महिनाअघि नेपालले गरेको प्रस्तावमा भारत अझै अनिर्णित छ। नेपाल भारतमा प्रतिस्पर्धी मोलमा खरिद–बिक्री हुने ‘ऊर्जा एक्सचेन्ज बजार’को सदस्य भने भइसकेको छ।

त्यहाँको बजारबाट किनेर नेपालमा आयातका लागि अनुमति दिएको भारतले नेपालबाट सोही बजारमार्फत निर्यातका लागि भने अनुमति रोकेर राखिदिएको छ। वर्षायामको विद्युत भारतीय बजारमा बिक्रीको लागि नेपालले राखेको प्रस्ताव स्वीकृत गराउने राजनीतिक, प्रशासनिक र कूटनीतिक प्रयास अहिलेसम्म सफल हुन सकेको छैन। जसको कारण नेपालमा हाल उत्पादन भइ खपत भएर बचेको विद्युत खेर गैरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार