काठमाडौं। नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा भएको खर्च सार्वजनिक भएको छ। समाचारमा जनाइए अनुसार करिब पाँच करोड रुपैयाँ खर्च भएको छ। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भर्खरै सम्पन्न विधान महाधिवेशनमा ५ करोडको हाराहारीमा खर्च भएको बताए।
एक टेलिभिजन कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्। तामाङले उक्त खर्च पनि पार्टीकै लेबीबाट उठाईएको पनि बताए। उनले आफुहरुले विधान महाधिवेशनको लागि उद्योगी/व्यवसायीहरुसँग एक रुपैयाँ पनि नलिएको दाबी गरे।
एमालेको प्रथम विधान महाधिवेशन यही असोज १५ देखि असोज १७ गतेसम्म चलेको थियो। महाधिवेशनमा ६ हजारभन्दा बढि प्रतिनिधिहरु सहभागी भएका थिए। उक्त विधान महाधिवशेनको तामझामको निकै चर्चासंगै आलोचना पनि भएको थियो । प्रतिनिधिहरुलाई खाजादेखि खानासम्मको राम्रो प्रवन्ध गरिएको थियो।