सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा २२३९ मा कोरोना संक्रमण पुष्टी, १३१६ संक्रमणमुक्त 

शुक्रवार , आषाढ २५, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ११ हजार तीन सय १३ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ३ सय १६ जना कोरोनामुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार तीन सय ४० पुगेको छ ।

यसैविच शुक्रबार काठमाडौंमा दुई सय १६,भक्तपुरमा ४५ र ललितपुरमा ७४ गरी उपत्यकाभित्र कुल तीन सय ३५ जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार