काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ। सताको कारोबारको तेस्रो दिन सुन प्रतितोला पाँच सयले बढेर ९० हजार ३०० रुपैँया कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० तोकिएको हो।
छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ८०० मा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० कायम भएको छ। तेजाबी सुन सोमबार प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी एक हजार १६० मा कारोबार कारोबार भैरहेको छ।