काठमाडौं। गायक टंक तिमिल्सिनाको स्वरमा ‘तिमी जे सुकै गर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गायक टंककै शब्द, संगीत रहेको गीतको भिडियोमा समिप निरौला र स्मारिका ढकालको अभिनय रहेको छ। गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन्।
एकपछि अर्को गीतबाट सफलता पाउँदै आएका गायक टंकले यो गीत आफ्नै प्रोडक्सन हाउस टंक तिमिल्सिना प्रोडक्सनबाट निर्माण गरेका हुन्। निकै राम्रो शब्द संगीत र भिडियो बनेको यो गीत पनि दर्शक श्रोताले रुचाउने उनले आशा गरेका छन्। मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीको एरेन्ज विशाल निरौलाले गरेका हुन्।
त्यस्तै वाद्यबाधन तर्फ बासुरीमा रत्न विक, मादलमा भुवन गन्दर्भ, गितारमा संजिव बराइली रहेका छन्। भने गीत रेर्कडिङ सुमन राना र खुमन रानाले गरेका हन्। मिक्स माष्टरिङ कुमार रानाले गरेका छन्। त्यस्तै सिनेमाट्रोग्राफर प्रकाश खड्काको छ।