काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीको आजबाट साधारण शेयर (आइपीओ) विक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको १०० दरको ९० लाख कित्ता आईपीओमध्ये ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै शेयर बिक्री नभएमा भने कात्तिक ३ गतेसम्म खुला रहनेछ।लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।