शनिवार, कार्तिक ८ गते २०८३

मुख्यमन्त्री राउतलाई दुईतिहाइको समर्थन

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन पाएका छन्। मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए। प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको हो। प्रदेशसभामा सदस्य संख्या १०४ रहेको छ।

राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिए। उनको विपक्षमा २३ मत परेको छ। राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन्। बुधबारको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार