शुक्रवार, आश्विन १६ गते २०८३

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति जनाले पाए?

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। आईपीओमा कुल २० लाख ३० हजार ९५५ जनाले कुल २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन गरेका थिए। जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ।

बाँकी स्वीकृत भएका २० लाख १४ हजार ९२२ जनामा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो। स्वीकृत आवेदनहरुमध्ये भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी आवेदकहरुको हात खाली रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार