आइतवार, श्रावण २४ गते २०८३

यसरी राखिएको छ शाहरुख खानक छोरा आर्यन जेलमा

शनिवार , आश्विन २३, २०७८

काठमाडौं। बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ।

उनलाई आर्थर रोड जेलमा राखिएको छ। किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए। अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन्। ​

आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १ मा राखिएको छ। अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन। सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ।

उनीहरुलाई कोरोना परीक्षण गरिनेछ। आर्यनसहितका आरोपीहरुलाई कुनै पनि विशेष व्यवस्था नगरिने भारतीय सञ्चार माध्यमले जनाएका छन्। जेलमा आर्यनलाई कुनै पनि विशेष व्यवस्था हुनेछैन।

उनले घरको खाना खान चाहेमा अदालतको स्वीकृती लिनुपर्ने हुन्छ। आर्यनले बाहिरको खाना खाने अनुमति दिएको छैन। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार